चीन–पाकिस्तान आर्थिक करिडोरमा सुजिजिनारी हाइड्रोपावर स्टेशनको पहिलो युनिट विद्युत उत्पादन सुरू
2024-08-13 10:24:26CRI
Share with:

पाकिस्तानमा सुजिजिनारी हाइड्रोपावर स्टेशनको पहिलो युनिट अगष्ट १२ तरिखदेखि राष्ट्रिय ग्रिडमा जोडेर विद्युत उत्पादन सुरू गरेको छ। जसबाट यो परियोजनाले व्यावसायिक सञ्चालनतिर केन्द्रिय पाइला चालेको छ।

सुजिजिनारी हाइड्रोपावर स्टेशन उत्तर-पश्चिमी पाकिस्तानको खैबर-पख्तुनख्वा प्रान्त मनसेहरा क्षेत्रमा कुह्ना नदीमा अवस्थित छ। यो परियोजना चीन ऊर्जा निर्माण समूहअन्तर्गत वैदेशिक लगानी कम्पनीबाट लगानी तथा निर्माण गरिएको छ। यो चीन–पाकिस्तान आर्थिक करिडोरमा एक प्रमुख परियोजना हो र विदेशमा चीन ऊर्जा निर्माण समूहबाट लगानी तथा निर्माण गरिएको सबैभन्दा ठूलो हाइड्रोपावर स्टेशन पनि हो।

सुजिजिनारी हाइड्रोपावर स्टेशनको निर्माण परियोजना सन् २०१७ जनवरीदेखि सुरू भएको र कूल क्षमता ८८४ मेगावाट रहेको छ। उत्पादनपछि उक्त स्टेशनले प्रत्यक वर्ष पाकिस्तानका लागि ३ अर्ब २० करोड किलोवाट प्रतिघण्टा सफा विजुली दिनेछ।