प्यालेस्टाइन-इजरायल मुद्दामा छलफल गर्न संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को आपतकालीन बैठक बस्ने
2024-08-13 18:58:12cri
Share with:

संयुक्त राष्ट्र संघका महासचिवको प्रवक्ताको कार्यालयले १२ तारिख एउटा वक्तव्य प्रकाशित गर्दै प्यालेस्टाइन-इजरायल द्वन्द्वको वर्तमान चरणले गाजाका जनताको जीवन खतरामा परेको वर्तमान अवस्थाको निन्दा गरेको छ। साथै सुरक्षा परिषद्को १३ तारिख सम्बन्धित विषयमा आकस्मिक बैठक बस्ने जनाएको छ।

 संयुक्त राष्ट्र संघका महासचिवका उप-प्रवक्ता फरहानले भन्नुभयो कि,“इजरायली गाजा शहरको विद्यालयमा अर्को विनाशकारी आक्रमण हामीले देख्यौँ जहाँ सयौँ विस्थापित प्यालेस्टिनी परिवारहरूले शरण लिएका थिए, ठूलो संख्यामा ज्यान गुमाएका छन्। गाजाका जनता आतंक र विस्थापनबाट पीडित छन्।”