चीन र इयु बीचको व्यापार घर्षणमा इयुले व्यापार संरक्षणवाद अँगालेको भन्दै आलोचना
2024-08-13 14:21:32CRI
Share with:

विद्युतीय सवारी साधन 'इभी' उद्योगको विकास अधिकार र हित तथा विश्वव्यापी हरित रूपान्तरण सहयोगको रक्षा गर्न, चीनले चिनियाँ इभीमा इयुको अस्थायी काउन्टरवेलिंग उपायहरूमा विश्व व्यापार संगठन विवाद समाधान संयन्त्रलाई अपिल गरेको छ। यस सम्बन्धमा सीजीटीएनद्वारा जारी गरिएको विश्वव्यापी अनलाइन सर्वेक्षण अनुसार, ८७.५ प्रतिशत विश्वव्यापी उत्तरदाताहरूले इयुको संरक्षणवादले दुई पक्षबीचको व्यापार विवाद हटाउन मात्र असफल नभएर विश्वव्यापी अटो उद्योगको विकासमा पनि नकारात्मक असर पार्ने कुरा औँल्याएका छन्।

काउन्टरभेलिङका नाममा इयुले व्यापार संरक्षण कार्यान्वयन गर्न चिनियाँ इभीहरूमा उच्च कर लगाएको छ। इयुले केवल एकतर्फी पूर्ण लाभहरू हेर्छ, तर चिनियाँ इभीको तुलनात्मक लाभ र तिनीहरूमध्ये धेरै चीन-इयु संयुक्त उद्यमबाट भएको तथ्यलाई बेवास्ता गर्दछ। अन्तमा, यो केवल अपेक्षाहरू विरुद्ध जान सक्छ र "पीडादायी" परिणाम भोग्न सक्छ। सर्वेक्षणमा, ७८.४२ प्रतिशत उत्तरदाताहरूले पूर्ण बजार प्रतिस्पर्धा र द्रुत प्राविधिक आविष्कारले सरकारी अनुदानमा भर पर्नुको सट्टा चिनियाँ इभी उद्योगको विकासलाई उत्प्रेरित गर्ने प्रमुख कारकहरू हुन् भनी आफ्नो विचार व्यक्त गरेका छन्। ८५.१४ प्रतिशत उत्तरदाताहरूले उच्च कर लगाउँदा हुने अतिरिक्त बोझ अन्ततः युरोपेली उपभोक्ताहरूले वहन गर्ने विश्वास गरेका छन् भने ८०.७४ प्रतिशत उत्तरदाताले यो कदमले युरोपेली अटो उद्योगको प्रतिस्पर्धात्मकतालाई गम्भीर रूपमा कमजोर बनाउने र चीन-युरोप अटो उद्योगको सहयोगलाई कमजोर बनाउने विश्वास गरेका छन्।

बढ्दो गम्भीर विश्वव्यापी जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्दै, इभी कम कार्बन विकास लक्ष्य हासिल गर्न देशहरूका लागि महत्त्वपूर्ण क्षेत्र भएको छ। सर्वेक्षणमा, ८७.९६ प्रतिशत उत्तरदाताहरूले चीनको इभी जस्ता नयाँ ऊर्जा उद्योगहरूको तीव्र विकासको उच्च प्रशंसा गरेका छन्। जसले विश्व अर्थतन्त्र र विश्वव्यापी हरित विकासमा ठूलो योगदान पुर्‍याएको छ। ८२.९६ उत्तरदाताले इभी उद्योगलाई बाँध्न संरक्षणवाद प्रयोग गरेकामा इयुको आलोचना गरेका छन्। इयुका यस्ता कार्यले जलवायु परिवर्तनलाई संयुक्त रूपमा सम्बोधन गर्ने देशहरूको प्रयासलाई कमजोर बनाउने उनीहरुको धारणा रहेको छ।

व्यापार पारस्परिक लाभको परिप्रेक्ष्यमा वा संयुक्त कार्बन न्युनीकरणका परिप्रेक्ष्यबाट, चीन र युरोपका साझा हितहरू यी दुई पक्षबीचको मतभेदभन्दा धेरै छन्। सर्वेक्षणमा, ९२.५३ प्रतिशत विश्वव्यापी उत्तरदाताहरूले भूमण्डलीकरणको युगमा विभिन्न देशहरूबीच फरक तुलनात्मक लाभहरू रहेका र सहयोग सुदृढीकरण समस्याहरू समाधान गर्न महत्त्वपूर्ण  भएको उल्लेख गरेका छन्। ९०.८४ प्रतिशत उत्तरदाताले चीन र इयुलाई वार्ता र परामर्श मार्फत विद्युतीय सवारीसाधन व्यापार विवादलाई उचित रूपमा समाधान गर्दै संरक्षणवादी समाधानको सट्टा सहकार्यमा पुग्न र विश्व आर्थिक विकास तथा विश्वव्यापी जलवायु परिवर्तनका लागि संयुक्त रूपमा स्थिर शक्ति बन्न आग्रह गरेका छन्।

यो सर्वेक्षण सीजीटीएनको अंग्रेजी, स्पेनिश, फ्रेन्च, अरबी र रुसी भाषाका प्लेटफर्महरूमा जारी गरिएको थियो, जसमा १२,०३२ नेटिजेनहरूले २४ घण्टा भित्र आफ्नो विचार व्यक्त गरेका थिए।