जापानी ७३१ फौजको पूर्व सदस्य हिदेओ शिमिजुले अगष्ट १३ तारिख चिनियाँ हारपिन शहरमा अवस्थित चीनमाथि आक्रमण गर्ने जापानी सेनाको ७३१ फौजको दोषी प्रमाण संग्रहालय गएर माफ माग्नु भएको छ।
यस वर्ष हिदेओ शिमिजुको उमेर ९४ वर्ष भएको छ। सन् १९४५ मार्चमा १४ वर्षीय हिदेओ शिमिजु सेनामा भर्ती हुनुभयो र हारपिनमाथि आक्रमण गर्ने जापानी सेनाको ७३१ फौजमा खटिनु भयो। सन् १९४५ अगष्ट १४ तारिख जापानी हारपनिबाट भागेर जापान फर्कदा उहाँ पनि जापान फर्कनु भएको थियो।
यसअघि उहाँले एउटा लेखमा लेख्नु भएको थियो- “ऐतिहासिक तथ्य लुकाउन सकिँदैन। म आफ्नो जीवनकालमा चीनमाथि आक्रमण गर्ने जापानी सेनाको ७३१ फौजको पूरानो स्थलमा फर्केर चिनियाँ जनताप्रति गहिरो क्षमायाचना व्यक्त गर्ने अठोट गर्छु। जसले अझ बढी जनताको प्रतिबिम्ब र सतर्कता जगाउने, कडा परिश्रमले प्राप्त गरेको शान्तिको कदर गर्ने र युद्धको त्रासदीको पुनःशुरू हुन नदिने आशा गर्दछु।”