दोस्रो राष्ट्रिय पर्यावरण दिवसको अवसरमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हुपेइ प्रान्तीय शयेनको तानच्याङखौ जलाशय क्षेत्रका वातावरणीय स्वयंसेवकलाई जवाफी चिट्ठी पठाएर उनीहरूलाई न्यानो रूपमा प्रोत्साहन गर्नुका साथै देशभरका पर्यावरण र वातावरण संरक्षण कार्यकर्ता तथा स्वयंसेवकलाई हार्दिक अभिवादन गर्नुभएको छ।
सी चिनफिङले विगत दश वर्षमा जलाशय क्षेत्रका धेरैभन्दा धेरै मानिस स्वयंसेवी सेवा टोलीमा सामेल भएर जलाशयको पानी अझ स्वच्छ भएको, पहाड अझ हरियाली बनेको र वातावरण पनि सुन्दर बनेको खबर पाउँदा आफूलाई धेरै खुशी लागेको व्यक्त गर्नुभएको छ।
सी चिनफिङले दक्षिणदेखि उत्तर पानी डाइभर्सन परियोजना रणनीतिक समग्र अवस्था, दीर्घकालीन विकास र जनताको लाभसँग सम्बन्ध रहेको भन्दै जलस्रोतको पारिस्थितिक वातावरणको संरक्षण र "स्वच्छ पानीको धारा उत्तरतर्फ प्रवाहित हुने सुनिश्चित" गर्न सबैले आफ्नो जिम्मेवारी पूरा गरी लामो समयको लागि कडा परिश्रम गर्न आवश्यक भएको दोहोर्याउनुभयो। उहाँले भन्नुभयो, तपाईँहरूले स्वयंसेवक सेवाको भावनालाई निरन्तरता दिएर सधैँ हरियाली पहाड, सधैँ स्वच्छ पानी र सधैँ ताजा हावा भएको सुन्दर चीन निर्माण गर्न एकसाथ काम गरी मानिस र प्रकृति मिलेको आधुनिकीकरणलाई प्रवर्द्धन गर्न योगदान गर्नसक्ने आशा मैले लिएको छु।