चीनद्वारा गाजास्थित विद्यालयमाथि इजरायलले गरेको आक्रमणको कडा निन्दा
2024-08-14 14:49:28CRI
Share with:

गत साता इजरायलले गाजाको विद्यलयमाथि आक्रमण गर्दा सयौं सर्वसाधारणको मृत्यु भएको छ। अगष्ट १३ तारिख आयोजित राष्ट्र संघीय सुरक्षा परिषदको आपतकालीन बैठकमा चीनले त्यसको कडा निन्दा गरेको छ।

संयुक्त राष्ट्र संघस्थित चिनियाँ प्रतिनिधि फ छोङका अनुसार, दुई महिनाअघि इजरायलले युद्ध विराम सन्धि स्वीकार गरिसकेको अमेरिकाले प्रकट गरेको थियो। तर वास्तवमा कार्यान्वयन चाहिँ उल्टो छ। सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ताका रूपमा इजरायलमा अमेरिकाको पर्याप्त प्रभाव छ। अमेरिकाले सदिच्छापूर्वक र जिम्मेवार भएर गतिविधि गरी इजरायललाई गाजा क्षेत्रमा सैन्य अभियान तुरुन्त रोक्न र नागरिकमाथिको हत्या रोक्ने कदम चाल्नु पर्ने चीनले माग गरेको छ।

चीनले इजरायलसँग अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गत आफ्नो दायित्व पूरा गरेर सबै सीमा नाका खोल्न ताकिता गरेको छ। इजरायली सैनिकले प्यालेष्टाइनी व्यक्तिमाथि गरेको यौन दुव्र्यवहारका घटनाप्रति चीनले गम्भीरताका साथ ध्यान दिँदै अनुसन्धान र जवाफदेहिता गर्न आग्रह गरेको छ।