चिनियाँ समुद्री प्रहरीबाट त्याउयु टापुको क्षेत्रीय जलक्षेत्रमा अवैध रूपमा प्रवेश गरेको जापानी जहाज निस्काशन
2024-08-15 15:14:29CRI
Share with:
अगष्ट १४ मा जापानी माछा मार्ने जहाज चिनियाँ त्याउयु टापुको जलक्षेत्रमा अवैध रूपमा प्रवेश गरेको थियो। चिनियाँ समुद्री प्रहरीका जहाजले कानुनअनुसार आवश्यक नियन्त्रण उपाय र चेतावनीपछि उक्त जहाजलाई निकालेको छ।
त्याउयु तापु र यससँग सम्बद्ध टापुहरू चीनका भूभाग हुन्। चीनले जापानलाई यसै जलक्षेत्रमा सबै अवैध गतिविधि तत्काल रोक्न आग्रह गरेको छ। सार्वभौमिकता, सुरक्षा र समुद्री अधिकार र हितहरूको रक्षा गर्न चिनियाँ समुद्री प्रहरीका जहाजले कानुन अनुसार स्वदेशी जलक्षेत्रमा समुद्री अधिकार संरक्षण गर्ने गतिविधि जारी राख्नेछन्।