चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा भियतनाम कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष टो लामले अगष्ट १८ देखि २० तारिखसम्म चीनको भ्रमण गर्नुहुने जानकारी दिनुभएको छ।
प्रवक्ताले हाल चीन र भियतनामले गत वर्ष महासचिव सी चिङफिङले भियतनामको भ्रमण गर्नुभएको ऐतिहासिक उपलब्धिको पालना गरिरहेको भन्दै रणनीतिक अर्थपूर्ण चीन-भियतनाम भाग्य समुदाय रचनाको असल सुरूवात पनि देखिएको व्यक्त गर्नुभएको छ। महासचिव टो लामले भियतनाम कम्युनिष्ट पार्टीका महासचिवमा नियुक्त भएपछि चीनलाई पहिलो भ्रमण गन्तव्यको रूपमा राखेबाट चीन-भियतनाम कम्युनिष्ट पार्टी सम्बन्धको विकासमा उच्च ध्यान दिएको पूर्ण रूपमा प्रतिबिम्बित भएको प्रवक्ताले बताउनुभयो। चीनले यस भ्रमणमार्फत दुई पक्षबीचको परम्परागत मित्रतालाई अरू विकास गरी विश्वको समाजवादी कार्यको विकासलाई संयुक्त रूपमा बढाएर क्षेत्रीय तथा विश्व शान्ति, स्थिरता र विकासका लागि सक्रिय योगदान गर्ने अपेक्षा लिएको पनि प्रवक्ताले व्यक्त गर्नुभयो।