“बाँस किताबमा चीन बुझ्ने” रचनात्मक गोष्ठी पैचिङमा
2024-08-15 18:28:22cri
Share with:


अगष्ट १५ तारिख सीएमजीको ठूलो परिधिको कार्यक्रम “बाँस किताबमा चीन बुझ्ने” को रचनात्मक गोष्ठी पैचिङमा आयोजना भएको छ। सीएमजीका महानिर्देशक शन हाइस्युङले गोष्ठीलाई सम्बोधन गर्नुभएको छ। सहभागी विशेषज्ञ, विद्वान, मिडिया, रचनात्मक प्रतिनिधिहरूले कार्यक्रम रचनात्मकता, नवीन अभ्यास, सामाजिक महत्वलगायत विषयबारे वैचारिक आदान-प्रदान गरी वरिष्ठ चिनियाँ परम्परागत संस्कृतिको रचनात्मक रूपान्तरण र अभिनव विकासलाई बढाउनेबारे प्रस्ताव प्रस्तुत गरेका छन्।

 

महानिर्देशक शन हाइस्युङले चीनको भूमिबाट हुर्केर आजसम्म विकास भइरहेको विश्वको एउटा महान् सभ्यता नै कार्यक्रम “बाँस किताबमा चीन बुझ्ने” रचनाको ठूलो शक्ति स्रोत भएको बताउनुभयो। सीएमजीले पहिलो पटक प्रस्तुतीकरण वस्तुको रूपमा "बाँस किताब" छनौट गरी हजारौँ वर्षअघिको चिनियाँ बाँस किताब संस्कृतिलाई समीक्षा गरेबाट सांस्कृतिक कार्यक्रममार्फत सभ्यताको इतिहासको अरू लेख्ने नयाँ तरिका सिर्जना गरिएको पनि शन हाइस्युङले उल्लेख गर्नुभयो।