अगष्ट १५ तारिख चीनको राष्ट्रिय वर्यावरण दिवस हो। यस वर्षको मुख्य विषय "आर्थिक र सामाजिक विकासलाई चौतर्फी रूपमा हरित रूपान्तरणलाई तिव्रता" रहेको छ। यस सम्बन्धी मुख्य कार्यक्रम चौतर्फी रूपमा हरित रूपान्तरणको महत्त्वपूर्ण उपलब्धि प्रकाशित गरिएको छ।
राष्ट्रिय विकास र सुधार समितिका सम्बन्धित जिम्मेवारी व्यक्तिका अनुसार, चीन विश्वमा सबैभन्दा तीब्र गतिमा ऊर्जा तीव्रता घट्ने देशहरूमध्य एक हो। “चौधौँ पञ्चवर्षीय योजना" को पहिला तीन वर्षमा, कच्चा माल ऊर्जा खपत र गैर-जीवाश्म ऊर्जा खपतबाहेक, चिनियाँ ऊर्जा तीव्रता लगभग ७.३ प्रतिशतले कम भएको छ। विश्वमा चीनको नवीकरणीय ऊर्जाको स्थापित क्षमता सबैभन्दा ठूलो र विकास गति सबैभन्दा छिटो छ। यसबाहेक, चीनले विश्वको सबैभन्दा ठूलो र पूर्ण नयाँ ऊर्जा उद्योग शृङ्खला निर्माण गरिसकेको छ।