चिनियाँ रक्षा मन्त्रालय: अमेरिकाद्वारा प्रभुत्व कायम राख्न र आणविक हतियारको साथ विश्वलाई तर्साउन खोजिरहेको
2024-08-16 16:48:46cri
Share with:

अगस्ट १६ तारिख चिनियाँ राष्ट्रिय रक्षा मन्त्रालयको सूचना ब्यूरोका उपनिर्देशक एवम् राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता कर्णेल चाङ स्याउ काङले हालैका सैन्य-सम्बन्धित विषयहरूमा बोल्नुभएको छ।

एक पत्रकारले "हालसालै अमेरिका-जापान विदेश मन्त्रीहरू र रक्षा मन्त्रीहरूको "२+२" बैठकले जापानमा अमेरिकी सैन्य मुख्यालयको पुनर्गठन गर्ने घोषणा गर्यो र चीनले आफ्नो आणविक हतियारको निरन्तर विस्तारको बारेमा चिन्ता व्यक्त गर्यो। अमेरिकी रक्षा मन्त्री अस्टिन सोही समयमा भएको अमेरिका-जापान "विस्तारित धम्की" सम्बन्धीत बैठकमा  "विस्तारित धम्की" अमेरिका-जापान गठबन्धनको मूल कुरा हो भन्नुभयो। यसमा चीनको टिप्पणी के छ?" भनी प्रश्न गर्नुभएको थियो।

प्रवक्ता कर्णेल चाङले भन्नुभयो कि,“हालैका समयमा अमेरिका र जापान तथाकथित "चीन सैन्य खतरा" का लागी आवाज उठाइरहेका छन्, क्षेत्रीय शान्ति र स्थिरताका लागी हामी यसको दृढ विरोध गर्दछौँ। हामी सबैलाई थाहा छ, अमेरिका विश्वको सबैभन्दा ठूलो आणविक खतरा हो, यसले आफ्ना सहयोगी र साझेदारहरूलाई बाँध्न आणविक हतियारहरू प्रयोग गर्दछ, आफ्नो प्रभुत्व कायम राख्न र विश्वलाई तर्साउन सबै माध्यमहरू प्रयोग गर्दछ। आणविक आक्रमणको शिकार भएको एक मात्र देशको रूपमा जापानले ऐतिहासिक पाठहरूबाट पाठ सिक्दैन र यसको सट्टामा यसले क्षेत्रीय तनावलाई उत्तेजित गर्ने र आणविक प्रसार र आणविक द्वन्द्वको जोखिम बढाएको छ।