चिनियाँ र रूसी नौसेना जहाजहरू बीच संयुक्त अभ्यास: सामान्य सहयोग व्यवस्था
2024-08-16 17:26:24cri
Share with:

अगस्ट १६ तारिख चिनियाँ राष्ट्रिय रक्षा मन्त्रालयको सूचना ब्यूरोका उपनिर्देशक एवम् चिनियाँ राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता कर्णेल चाङ स्याउकाङले हालैका सैन्य-सम्बन्धित विषयहरूमा जानकारी दिनुभएको छ।

सोही क्रममा एक पत्रकारले चिनियाँ र रुसी नौसैनिक जहाजहरूले भर्खरै फिनल्याण्डको खाडीमा संयुक्त अभ्यास गरेको रिपोर्ट गरिएको तथा केही मिडियाले यो शक्ति प्रदर्शन मात्र नभई नाटोलाई समेत चेतावनी भएको भनेर टिप्पणी गरेको बताउँदै यस बारे चीनको टिप्पणी के छ भनी प्रश्न गर्नुभएको थियो।

प्रवक्ता कर्णेल चाङले भन्नुभयो,“केही समयअघि चिनियाँ नौसेनाका च्याउचो र होङहु नामक जहाजहरूले रुसी नौसेना स्थापना भएको ३२८औँ वार्षिकोत्सवको उत्सवमा भाग लिएका थिए र फिनल्याण्डको खाडीमा रुसी जहाजहरूसँग संयुक्त अभ्यासको आयोजना गरेका थिए। यो संयुक्त अभ्यास चिनियाँ र रुसी सेनाहरू बीच एक सामान्य सहयोग व्यवस्था हो, अन्तर्राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय अभ्यास अनुरूप छ, कुनै विशेष लक्ष्य र उद्देश्य होइन र वर्तमान क्षेत्रीय अवस्थासँग कुनै सरोकार छैन।”