जापानी दिग्गजको पश्चात्ताप जापानी राजनीतिक क्षेत्रको सहमति बन्नुपर्छ
2024-08-16 16:21:00cri
Share with:

 

७९ वर्षअघिको अगष्ट १५ तारिखमा जापानले बिना शर्त आत्मसमर्पणको घोषणा गरेको थियो। १४ वर्षसम्मको रक्तरञ्जित संघर्ष र ठूलो राष्ट्रिय बलिदानपछि चिनियाँ जनताले जापान विरोधी युद्धमा ठूलो विजय हासिल गरेको थियो।

 तर १५ तारिख बिहानै जापानका प्रधानमन्त्री फुमियो किशिदाले लिबरल डेमोक्र्याटिक पार्टीका अध्यक्षको नाममा दोस्रो विश्वयुद्धको क्लास-ए युद्ध अपराधीहरूलाई समाहित गर्ने यासुकुनीमा बलिदान शुल्क प्रदान गरेका थिए, जापानी रक्षामन्त्रीलगायत राजनीतिक नेता यासुकुनीमा श्रद्धाञ्जली अर्पण गर्न गएका थिए। यसै क्रममा जापानी सेनाको युनिट ७३१ का पूर्व सदस्य एवम ९४ वर्षीय हिदेओ शिमिजु पश्चात्ताप गर्न र माफी माग्न चीनको हार्बिन पुगेका थिए।

 जापानी राजनीतिज्ञको "भूत पूजा" व्यवहार र जापानी दिग्गजको आफ्नो अपराधसम्बन्धी अन्तस्करणसँग ठीक विपरीत देखिएको छ। यसले जापानको सैन्यवाद पुनरुत्थान गर्ने खतरनाक प्रवृत्तिको बारेमा बाहिरी संसारलाई गहिरो चिन्ता र अत्यधिक सतर्क बनाउन मद्दत गरेको छ।

 

यसै चीन यात्राको क्रममा हिदेओ शिमिजुले " माफी र युद्धबिनाको शान्ति स्मारक" अगाडि पश्चात्ताप गरेका थिए साथै जापानी आक्रमणकारीको "युनिट ७३१" को अपराध प्रमाण प्रदर्शनी हलको भ्रमण गरेका थिए र गार्ड स्टेशनको पूर्व साइट, ब्याक्टेरिया प्रयोगशाला, फ्रस्टबाइट प्रयोगशालाको साइट लगायत क्षेत्रको पहिचान गरेका थिए। यसबाट उनको व्यक्तिगत विवेक र ठूलो साहस मात्र प्रतिबिम्बित भएको छैन जापानका केही मानिसलाई चेतावनी समेत दिइएको छ कि सत्य लुकाउन सकिँदैन र अपराधलाई हटाउन सकिँदैन।

 तर मानिसले के देख्छन् कि हरेक अगष्ट १५ तारिख र अन्य महत्त्वपूर्ण बेलामा जापानी दक्षिणपन्थी राजनीतिज्ञको समूहले यासुकुनीमा सैन्यवादको आह्वान गर्नजान्छन् र दक्षिणपन्थी दलको नेतृत्वमा जापानी इतिहास पाठ्यपुस्तकमा जानाजानी जापानको आक्रमणलाई मेटाउँछन्। यसबाहेक केही वर्षयता जापानी सरकारले "चीन खतरा" धारणालाई बारम्बार हाइप गरेको छ र यसमार्फत "शान्ति संविधान" र "विशेष रक्षा" प्रतिबद्धता अवरोधलाई भत्काएको छ।

 "यदि बच्चालाई वास्तविक इतिहास के हो भन्ने अझै थाहा छैन र युद्धले कस्तो प्रकारको डरलाग्दो र त्रासदी ल्याउनेछ भन्ने थाहा छैन भने जापानको कुनै भविष्य हुने छैन।" हिदेओ शिमिजुले भने। यस्तो प्रतिबिम्ब र पश्चात्ताप जापानी राजनीतिक क्षेत्रको सहमति बन्नुपर्दछ।