लान्काङ-मेकोङ नदी सहयोगबारे वाङ यीद्वारा चर्चा
2024-08-17 16:18:59cri
Share with:

अगष्ट १६ तारिख चीनका परराष्ट्रमन्त्री वाङ यीले थाइल्याण्डको चियाङ माईमा लान्काङ-मेकोङ नदी सहयोगको नवौँ विदेशमन्त्री बैठकको अध्यक्षता गर्नुभएको छ।

 सो अवसरमा उहाँले लान्काङ-मेकोङ नदी सहयोगबारे चार बुँदे प्रस्ताव प्रस्तुत गर्नुभएको छः एक, शान्ति र स्थिरतामा ध्यान केन्द्रित गरी साझा दृष्टिकोणको पालना गर्ने। दुई, नवप्रवर्तन-सञ्चालनमा केन्द्रित रही बौद्धिक स्तर बढाउने। तीन, अन्तरसम्बन्धित विकासमा केन्द्रित रही वृद्धि गति बढाउने। चार, जनताबीचको सम्बन्धमा ध्यान केन्द्रित गरी लान्काङ-मेकोङ नदी संस्कृतिको विकास गर्ने।

 वाङ यीले चीन र थाइल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव र चीन-भियतनाम र चीन-म्यानमार कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औँ वार्षिकोत्सवको अवसरमा आगामी वर्ष रेडियो र टेलिभिजन सञ्चारमाध्यम सहयोग मञ्च निर्माण लगायतका आदानप्रदान कार्यक्रमहरूको आयोजना गरी "एकअर्कालाई समान व्यवहार गर्ने, इमानदारीपूर्वक एकअर्कालाई सहयोग गर्ने र एक परिवारको रूपमा नजिक हुने" भन्ने लान्काङ-मेकोङ नदी संस्कृतिलाई जनताको हृदयमा अझ गहिरोरूपमा जरा गाड्ने व्यक्त गर्नुभएको छ।