भियतनाम कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा राष्ट्राध्यक्षको चीन भ्रमण सुरु
2024-08-18 16:12:21cri
Share with:
भियतनामको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव तथा राष्ट्राध्यक्ष सु लिनले अगस्ट १८ तारिखदेखि चीनको राजकीय भ्रमण थाल्नुभएको छ। १८ तारिख बिहान उहाँ विशेष विमानबाट क्वानचौ आइपुग्नु भएको छ। उहाँले अगस्ट १८ देखि २० तारिखसम्म चीनको राजकीय भ्रमण गर्नु हुनेछ।
चीन नै भियतनामको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको महासचिवको जिम्मेवारी सम्हालेपछि उहाँले भ्रमण गर्नुभएको पहिलो देश हो। चीन भ्रमण अवसरमा महासचिव सु लिनले भियतनामका पूर्व राष्ट्राध्यक्ष हो ची मिन्हको क्रान्तिकारी गतिविधिहरूका राता पाइलाहरू पछ्याउने तथा चीन र भियतनामका मित्रवत् मानिसहरूसँग आदानप्रदान गर्ने कार्यक्रम छ।