अगष्ट १९ तारिख बिहान चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङकी श्रीमती फङ लीयुआनले जन वृहत सभा भवनमा भियतनामी कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष टो लामकी श्रीमती नगो फुओङ लीसँग चियापान गर्दै कुराकानी गर्नुभएको छ।
सो अवसरमा फङ लीयुआनले सी चिनफिङको साथमा भियतनाको भ्रमण गरेको अनुभवको सिँहावलोकन गर्नुभयो। फङले चीन र भियतनाम मैत्रीपूर्ण मित्र हुन् र दुई पक्षले आदान-प्रदान र सहयोग बढाउने, समझदारीलाई सबल पार्ने, दुई मुलुकको मैत्रीपूर्ण कार्यको विकासलाई अगाडि बढाउने अपेक्षा व्यक्त गर्नुभयो। उहाँले भियतनामले बालबालिका र महिलाको शिक्षाको प्रबर्द्धनलगायत महिला कार्यको विकास क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको कुरा व्यक्त गर्नुका साथै दुई पक्षले दुई मुलुकका युवायुवतीले अर्काको भाषा सिक्न र मित्रताको भावना बढाउन प्रोत्साहन गर्नुपर्ने बताउनुभयो।
फङ लीयुआनले भियतनामी प्रथम महिलालाई चिनियाँ ओपेरा, नृत्य, परम्परागत गीतको अभिनयको अवलोकन गर्न निमन्त्रण गर्नुभयो।