चिनियाँ समुद्री प्रहरी विभागका प्रवक्ता कान युले हालै फिलिपिन्सको समुद्री प्रहरी जहाजले रन आइ चट्टानमा अवैध रूपमा प्रवेश गरेको विषयमा सम्बोधन गर्नुभएको छ।
कान युका अनुसार, अगस्त १९ तारिख फिलिपिन्सको ४४१० नम्बरको समुद्री प्रहरी जहाजले अवैध रूपमा चीनको नान्शा द्वीपसमूहका स्यान पिन चट्टान नजिकको समुद्री क्षेत्रमा प्रवेश गर्न खोज्दा चीनले बारम्बार चेतावनी दिँदा पनि अवैध रूपमा रन आइ चट्टान नजिकको समुद्री क्षेत्रमा प्रवेश गरेको छ। चीनको समुद्री प्रहरीले यस घटनामा संलग्न फिलिपिन्सको जहाजमाथि कानुनअनुसार नियन्त्रण गरेको छ।
प्रवक्ताले फिलिपिन्सले बारम्बार चुनौती दिएर चीनको सार्वभौमिकतामा गम्भीर अतिक्रमण गरिरहेको र यस क्षेत्रको शान्ति र स्थिरतालाई गम्भीर रूपमा क्षति पुर्याइरहेको बताउनुभयो। चीनले फिलिपिन्सलाई तुरुन्तै आफ्नो अतिक्रमण रोक्न ताकिता लगाएको छ। नत्र यसबाट उत्पन्न हुने सबै नतिजाहरूको जिम्मेवारी फिलिपिन्सले लिनुपर्ने कुरामा प्रवक्ताले जोड दिनुभयो।