चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले अगष्ट १९ तारिख रुसका प्रधानमन्त्री मिशुस्टिन र बेलारुसका प्रधानमन्त्री गोलोभचेन्कोको निमन्त्रणामा चीनका प्रधानमन्त्री ली छ्याङले अगष्ट २० तारिखदेखि २३ तारिखसम्म चीन-रुस प्रधानमन्त्रीहरूको २९औं नियमित भेटवार्ताको अध्यक्षता गर्नुका साथै रुस र बेलारुसको भ्रमण गर्नुहुने बताउनुभएको छ।
प्रवक्ता माउले रुसको भ्रमण दौरानमा प्रधानमन्त्री ली छ्याङले रुसका प्रधानमन्त्री मिशुस्टिनसँग चीन-रुस प्रधानमन्त्रीहरूको २९ औँ नियमित भेटवार्ताको अध्यक्षता गर्नुहुने छ। सो अवसरमा उहाँले द्विपक्षीय सम्बन्ध, व्यावहारिक सहयोग र साझा अभिरुचिका विषयहरूबारे वैचारिक आदान-प्रदान गर्नुहुने प्रवक्ता माउले बताउनुभयो।
यसका साथै प्रवक्ता माउले चीन र बेलारुस सदावहार चौतर्फी रणनीतिक साझेदार हुन् भन्दै प्रधानमन्त्री ली छ्याङले बेलारुसका प्रधानमन्त्री गोलोभचेन्कोसँग भेटवार्ता गरी द्विपक्षीय सम्बन्ध र विभिन्न क्षेत्रको सहयोगबारे वैचारिक आदान-प्रदान गर्नुहुने बताउनुभयो।