चीन-अमेरिका बित्तीय कार्य टोलीको पाँचौँ सम्मेलन
2024-08-19 16:05:28CRI
Share with:

यही अगष्ट १५ तारिखदेखि १६ तारिखसम्म चीन-अमेरिका बित्तीय कार्य टोलीले शाङहाईमा पाँचौँ सम्मेलन आयोजना गरिएको थियो। चिनियाँ जन बैंकका उप गभर्नर सिउआन छाङनङ र अमेरिकी अर्थ मन्त्रालयका सहायक मन्त्री ब्रेन्ट नैइमानले उक्त सम्मेलनको संयुक्त रुपमा अध्यक्षता गर्नुभयो। 

दुई पक्षले सुधारलाई चौतर्फी रुपमा गहन पार्ने सम्बन्धमा चिनियाँ कम्युनिष्ट बीसौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको निर्णय, चीन र अमेरिकाको बित्तीय परिस्थिति र मुद्रा नीति, बित्तीय स्थिरता र अनुगमन तथा व्यवस्थापन, क्रस-बोर्डर भुक्तानी र डेटा, अन्तर्राष्ट्रिय बित्तीय व्यवस्थापन, बित्तीय विज्ञान तथा प्रविधि आदि साझा अभिरुचिका बित्तीय नीति विषयहरूबारे सदिच्छापूर्ण र रचनात्मक आदान-प्रदान गरेका छन्। 

दुई पक्षले चीन-अमेरिका बित्तीय कार्य टोली प्रारुपमा पहिलो बित्तीय संस्थान  गोलमेच बैठकको आयोजना गरेका छन्।