अगष्ट २० तारिख चीनको राज्य परिषदको प्रेस कार्यालयले एक पत्रकार सम्मेलन आयोजना गरेको छ। चीनको वाणिज्य मन्त्रालयका सम्बन्धित जिम्मेवार व्यक्तिका अनुसार, चीन-अफ्रिका सहयोग मञ्च शिखर सम्मेलन २०२४ सेप्टेम्बर ४ तारिखदेखि ६ तारिखसम्म पैचिङमा आयोजना हुने भएको छ। हालैका वर्षहरूमा चीन र अफ्रिकाको व्यावहारिक सहयोगले प्रशस्त उपलब्धि हासिल गरेको छ।
चीनले अफ्रिकालाई ५०० जना कृषि विशेषज्ञ पठाएको, करीब ९००० कृषि वरिष्ठ व्यक्तिलाई तालिम दिएको र अफ्रिकाको कृषिको आधुनिकीकरण प्रक्रियालाई समर्थन गरेको छ।
चीनका सहायक वाणिज्य मन्त्री थाङ वनहुङले चीन लगातार पन्ध्र वर्षसम्म अफ्रिकाको पहिलो ठूलो व्यापारिक साझेदार भएको बताउँदै चिनियाँ उद्योग-व्यवसायहरूले अफ्रिकामा स्वच्छ ऊर्जा स्रोत परियोजनाको कार्यान्वयन गरेको बताउनुभयो। उहाँले चीनले अफ्रिकी मुलुकहरूसँग दश वटाभन्दा बढी द्विपक्षीय कार्यशाला वा संयुक्त अनुसन्धान केन्द्रको स्थापना गरेको पनि उल्लेख गर्नुभयो।