चीन-भियतनाम रेल समूह सन् २०१७ को नोभेम्बरदेखि सञ्चालनमा आएकाले चीन-भियतनाम मालसामान ढुवानीको नयाँ मार्ग खोलेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले अगष्ट १९ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा चीन र भियतनाम बीच आपसी सम्पर्क र आवत-जवात दिनप्रति दिन घनिष्ट हुँदै आएको विषयबारे चर्चा गर्दै उक्त कुरा बताउनुभएको हो।
प्रवक्ता माउ निङका अनुसार, हाल भियतनामको कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष टो लाम चीनको राजकीय भ्रमणमा रहनुभएको छ। दुवै देशका नेतागणले विभिन्न क्षेत्रमा रहेका आपसी सहकार्यबारे गहन रूपमा वैचारिक आदान प्रदान गर्नुभएको छ। उहाँको यस भ्रमणले दुवै देश बीचको आपसी सम्पर्क, आदानप्रदान र सहकार्यलाई अघि बढाउनुका साथै दुवै देशका जनताका लागि अझ बढी हितकल्याण सिर्जना गर्दै जाने विश्वास पनि प्रवक्ता माउ निङले व्यक्त गर्नुभएको छ।