हजारौं वर्षदेखि, चीनको सिचाङ् स्वायत्त प्रदेशको आली प्रिफेक्चर अवस्थित् काइ च जिल्लाका महिलाहरूको पोशाक अर्थात् सन्को सबैभन्दा रंगीन जातीय पोशाक थियो।
सन् २०१३, सन्को पोशाक तिब्बत स्वायत्त क्षेत्रका अमूर्त सांस्कृतिक सम्पदा बनेपछि चीनभरी प्रसिद्ध भएको छ।
सन्को पोशाक कारखानाका कामदारहरूले दुःखी हुनुपर्ने कुनै कारण छैन किनकी यो कौशल अब हराउने होइन, बरू मौलाउँने छ। झन् झन् माग बढ्दो छ। यति सानो कारखानाको उत्पादन पनि वार्षिक लगभग ७ लाख युआनको हाराहारीमा बिक्री हुन्छ।
सन्को पोशाकको अद्वितीय आकर्षण कायम राख्न सावधानीपूर्वक यसको प्रक्रिया ख्याल गर्नुपर्ने हुन्छ। कामदारहरूले होशियारीपूर्वक कपडा सामग्रीहरू छान्छन्, रंगहरू मिलाउँछन् अनि हातले सिलाउँछन्।
हालैका वर्षहरूमा, सयौं किसान र गोठालाहरूले यो कारखानामा काम गरेका छन् र आफ्नो सीप पोखेका छन्। यसका साथै, उनीहरूले बढी आम्दानी पाएका छन्।
यो हजारौँ वर्ष पुरानो रंगीन पोशाक, अब नयाँ युगमा पनि अझै चम्किलो बन्दै जाने हाम्रो अपेक्षा छ।