गत साताको कार्यक्रममा मैले तिब्बतले व्यवसाय सुरु गर्न युवाहरूलाई आकर्षित गरेको कारणबारे विश्लेषण गरेकी थिएँ। मैले चर्चा गरेँ, सर्वप्रथम स्थानीय अर्थतन्त्रको तीव्र विकास हो।
त्यसका साथै, तिब्बत सरकारले पनि नीतिगत समर्थन दिएको छ। प्राप्त जानकारीअनुसार, स्थानीय सरकारले उद्यमशीलता तथा रोजगार समर्थन कोषको स्थापना गरेको छ। विभिन्न क्षेत्रमा युवा नवीनता तथा उद्यमशीलता प्रतियोगिता सञ्चालन गर्न प्रोत्साहन गरेको छ, नवीनता तथा उद्यमशीलता सेवा केन्द्रको स्थापना गरेको छ र उद्यमशीलताका लागि प्रत्याभूत ऋणको रकम बढाउने धेरै कदम चालेको छ। तिब्बती युवा नवीनता र उद्यमशीलतालाई सहयोग गर्नका लागि तिब्बत सरकारले “तिब्बत स्वायत्त प्रदेशको मध्यम तथा दीर्घकालीन युवा विकास योजना (सन् २०१८–२०२५) ” पनि बनाएको छ । यी नीतिहरूले व्यवसाय सुरु गर्न तिब्बतका युवाहरूको विश्वासलाई बलियो बनाएको छ। तथ्याङ्कका अनुसार, हालसम्म तिब्बतमा नवीनता तथा उद्यमशीलतालाई प्रोत्साहन गर्ने विविध मञ्च १३८ पुगेको छ। यी मञ्चहरूले कुल ३८ हजार ५०० जनाको रोजगार दिएको छ।
यसबाहेक, तिब्बतको सांस्कृतिक संरक्षणले पनि धेरै युवा उद्यमीहरूलाई आध्यात्मिक समर्थन दिएको छ। तिब्बत जातीय युवक युनतान कान सु प्रान्तीय कान नान क्षेत्रबाट तिब्बत पुगेको एकजना उद्यमी हुन्। मिडिया प्लेटफर्ममा उनका अनुयायीको संख्या ४ लाख ६० हजार पुगेको छ। तिब्बतको सुन्दरता र विशेष सँस्कृतिले उनलाई गहिरो रूपमा आकर्षित गरेको उनले बताए। हालसम्म उनी ल्हासामा १३ वर्ष भयो, बस्न थालेको। सो अवसरमा उनले छोटो भिडियोको सिर्जना गरी तिब्बतको सुन्दर दृश्य, सँस्कृति तथा सभ्यता र संगीतिक सँस्कृति देखाएका छन्। ती छोटो भिडियोहरूलाई नेटिजेन्सबाट हार्दिक स्वागत गरिएको छ। त्यसमध्ये धेरै विदेशी नेटिजेन्स हुन्। यसले उनको सपना साकार तुल्याएको छ।साथै जसले विश्वलाई वास्तविक तिब्बत पनि बुझ्न लगाएको छ।
चीनमा यस्तो पुरानो उखान छ, “सयौं पटक सुन्नुभन्दा देख्नु अझै उपयोगी हो”। तिब्बती युवाहरूको कथाबाट मानिसको सुख सबैभन्दा ठूलो मानव अधिकार हो र तिब्बत नवीनता र उद्यमशीलताको लागि उर्वर भूमि हो भन्ने कुरा स्पष्ट पारिएको छ। चीनले चौतर्फी रूपमा सुधारलाई अझ गहिरो बनाउनुका साथ नयाँ गुणस्तरीय उत्पादित शक्ति अझ बढ्ने र जसले तिब्बतको उच्च गुणस्तरीय विकासमा नयाँ जीवनशक्ति थप्नेछ। युनतानले भविष्यमा अझ बढी मान्छेलाई “तिब्बत एक पवित्र र सुन्दर ठाउँ हो, यो सारा संसारलाई सिफारिस गर्न लायक छ” भन्ने कुरा सुनाउन लगाएको बताए।