स्थानीय समय अनुसार अगष्ट १९ तारिख चीनको हतियार निशस्त्रकरण दूत शन च्यानको नेतृत्वमा रहेको चिनियाँ टोलीले जेनेभामा आयोजित 'हतियार व्यापार सम्झौतामा' को दशौं संधिकर्ता सम्मेलनमा भाग लिएको छ।
शन च्यानले सामान्य बहसलाई सम्बोधन गर्दै संयुक्त राष्ट्र संघको ढाँचामा विश्वव्यापी परम्परागत हतियार व्यापारलाई सामान्य रूपले व्यवस्थित गर्ने एक मात्र कानूनी दस्तावेजको रूपमा, 'हतियार व्यापार सम्झौताले' विश्व शान्ति र स्थायित्वको संरक्षण र विश्वव्यापी सुरक्षाका लागि विशेष भूमिका खेलेको औँल्याउनुभयो।
शन च्यानले हाल संसार अझै शान्त नभएको पृष्ठूभूमिमा विश्वभरको हतियार व्यापारको मात्रा निरन्तर रुपमा बढिरहेको हुनाले अन्तर्राष्ट्रिय समुदायले सँगै मिलेर शासन प्रवर्द्धन गर्न आवश्यक रहेको व्यक्त गर्नुभयो। अन्तर्राष्ट्रिय समुदायसँग हात मिलेर अगाडि बढ्न, सम्झौताका अधिकारिता र जीवनशक्तिलाई थप सुदृढ गर्न र विश्वको साझा सुरक्षा तथा दिर्घकालीन शान्ति हासिल गर्न नयाँ योगदान पुर्याउन चीन इच्छुक रहेको बताउनुभयो।