अगष्ट २० तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभएको छ। सो पत्रकार सम्मेलनमा पत्रकारले प्रश्न सोधेअनुसार, हाल चिनियाँ सञ्चार-माध्यमले एकजना अफ्रिकी विद्यार्थीले अत्याधुनिक कृषि प्रविधि सिक्न चीन आएको र आफ्नो मुलुकको अन्नबाली समस्याको समाधान गर्नका लागि योगदान दिने आशा लिएको कथा उल्लेख गरिएको छ। चीन र अफ्रिकाको व्यावहारिक सहयोग खास गरी कृषिको सहयोगबारे पत्रकारले जानकारी माग गरेका थिए।
यसबारे प्रवक्ता माउ निङले अन्नबालीको अभाव अफ्रिकाको दीर्घकालीन कठिनाइ हो। चीनले अनेकौं वर्षको प्रयासपछि १ अर्ब ४० करोड व्यक्तिको खानपान समस्याको समाधान गरेको र चीनले अफ्रिकी जनताको “शुन्य भोकमारी” मागको अनुभव गरेको बताउनुभयो। हालैका वर्षहरूमा चीन र अफ्रिकाको कृषि सहयोग जोडतोडताका साथ विकास भएको र चीनले अफ्रिकी कृषिको आधुनिकीकरणलाई वास्तविकतामा सहयोग गरिरहेको जानकारी उहाँले दिनुभयो।
हालैका वर्षहरूमा चीन र अफ्रिकी मुलुकका नेताहरूको रणनीतिक निर्देशनमा चीन र अफ्रिकाको विभिन्न क्षेत्रको सहयोगमा चौतर्फी रुपमा विकास भएको छ। आगामी महिना चीन-अफ्रिका सहयोग मञ्च शिखर सम्मेलन पैचिङमा आयोजना हुने भएको छ। यस पटकको शिखर सम्मेलनले चीन र अफ्रिकाको सहयोगलाई विस्तार गर्ने र सबल पार्ने विश्वास छ।