अगस्ट २० तारिख, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिका सदस्य तथा परराष्ट्र मन्त्री वाङ यीले बेइजिङमा संयुक्त राष्ट्रसंघका महासचिव तथा म्यानमारसम्बन्धित् दूत विशोपसँग भेटवार्ता गर्नुभएको छ।
त्यस क्रममा वाङ यीले म्यानमार मुद्दामा चीनले म्यानमारको सार्वभौमिकता, स्वाधीनता, राष्ट्रिय एकता र क्षेत्रीय अखण्डताको सम्मान कायम राख्ने र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने बताउनुभयो।
उहाँले जोड दिनुभयो, ‘म्यानमारको राजनैतिक मेलमिलाप र स्थिरताको लागि चीनले दूतको काममा समर्थन र सहयोग दिनसक्छ।
विशोपले चीन र दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको संघसँग छलफल र सहकार्यमा दृढ पार्ने, द्वन्द्व शीघ्र रूपमा रोक्ने र निरन्तर शान्त र समृद्ध कार्यान्वयन गर्ने इच्छा राखेको बताउनुभयो।