चीनको लोक दुनियाँमा मानिसहरुले रगेट्ने, ठोक्ने, पिट्ने, घुमाउने, तान्ने, हावाले चलाउने र हावा फुक्ने आदि तरीकाद्बारा निकै मजासँग आवाज निकाल्न सकिने विभिन्न किसिमका चलायमान खेलौना बनाएका छन्। जस्तो कि "व्हारारा आवाज निकालिने लट्ठी", " ढोल पिट्ने परी", " खोंग चु भन्ने बाँसको खेलौना", "छालाको बाघ" र "कराउने माटे खेलौना" आदि समावेश छन।
यस चित्रमा उतारिएका टाउकोमा नर्कटको टोपी लगाएका धान पिट्ने काममा व्यस्त दुइजना कठपुतली यस्तै खेलौना हुन्। ती कठपुतली तीन भागबाट गठित भएका छन। नर्कटको टोपी, टाउको र जीउलाई एक सिंगो रुप पारेर कुँदिएको छ। चारवटा हात-खुट्टालाई शरीरसँग फलामे तारले जोडिएको छ। कमरनिर एक बिअररींग जडान गरिएको छ। साथै एउटा मसिनो धागोले ती कठपुतलीको मेरुदण्डलाई उनेर पींधमा राखिएको बाँसको पाइपसँग कसिएको छ। ती कठपुतलीले एक हातले बाँसको पाइप समातेर अर्को हातले मसिनो धागो तानिरहेको बेलामा नरोकिइकन उत्तानो अनि घोप्टो परेर धान पिटिरहन्छन। तीनीहरु हेर्दा निकै फूर्तिला र मजालाग्दा छन। ती कठपुतली बनाउँदा मुख्यतया तिनद्बारा अभिव्यक्त गरिने भावमा बढी ध्यान दिइएको छ र धान पिटाइबाट तिनको छबी देखाइएको छ। यसमा त्यतिको सजावट देखिदैन। खालि काठको रंग र कुँदाइद्बारा धान पिट्ने गाउँलेको व्यस्तता र सोझो स्वभाव अभिव्यक्त गरिएको छ। यसमा प्रयोग गरिने रंग सरल र ताजा छ। अनि त्यसको शैली पनि निकै सादा र उदार छ।
लट्ठी आकारको कठपुतली
पूर्वी चीनमा पर्ने शान तोंग प्रान्तको थान छंग जिल्लाको फान नेन गाउँ घुम्ने काठे खेलौनाका कारण प्रख्यात छ। ती प्रायजसो चिनारको रुख वा ऊ थोंग भन्ने चिनियाँ पारासोल नामको रुखको काठबाट बनाइएका हुन्छन। तिनका किसिक विविध किसिमका छन। जस्तो कि "ड्रेगन टाउके तलवार", "भाला", "ठेला गाडी", "मादल पिट्ने भिक्षु", "बाघ टाउके लट्ठी" आदि छन।
यस चित्रमा देखाइएको लट्ठी आकारको कठपुतली नमूनारुपी घुम्ने काठे खेलौना हो। त्यसको शरीर गोलो आकारमा छ र हात-खुट्टा छैनन। त्यसको टाउको चारैतिर घुम्नसक्छ। टाउका भित्र खाली छ र त्यसभित्र मोटो बालुवा हालिएकाले हल्लाउँदा त्यसबाट आवाज निस्कन्छ। घुम्ने कठपुतलीहरुमा कुनै-कुनै अग्ला र कुनै-कुनै पुड्का, कुनै-कुनै मोटा र कुनै-कुनै दुब्ला हुने भएकाले हेर्दा तीनीहरु एकदमै हाँसोउठ्दा देखिन्छन।
सामान्यतया घुम्ने कठपुतलीको रंगमा उज्यालो रंग बढी देखिन्छ। शरीरको सतहमा रंगीन बुट्टा भरिएको हुन्छ र बीच-बीचमा फूल, घाँस आदि र गोला चित्र कोरिएको हुन्छ। टाउकामा कोरिएका काला मसिना रेखाहरुबाट कठपुतलीको हाउ-भाउ मजालाग्दो देखिन्छ। हेर्दा त्यो सरल तर एकदमै मिलेको देखिन्छ।