अमेरिकी विदेश मन्त्रालयले अगस्ट १९ तारिख स्यान पिन चट्टानमा फिलिपिन्सको समुद्री प्रहरी जहाजले चिनियाँ जहाजलाई टक्कर दिएको घटनाबारे एउटा वक्तव्य जारी गरेको छ। अमेरिका र फिलिपिन्सका लागि अमेरिकाका केही संगाती मुलुकहरुका राजदूतावासहरूले पनि प्रतिक्रिया जनाउँदै चीनको खतरनाक क्रियाकलापले तनावपूर्ण स्थितिलाई अझ गम्भीर बनाएकोमा चीनको निन्दा गरेका छन्। यसबारे फिलिपिन्सका लागि चिनियाँ राजदूतावासका प्रवक्ताले चीनको परराष्ट्र मन्त्रालय र समुद्री प्रहरी विभागका प्रवक्ताले यस विषयमा गम्भीर वक्तव्य जारी गर्नुका साथै घटनास्थलको भिडियो पनि सार्वजनिक गरेका व्यक्त गरेका छन्।
अमेरिका र यससँग सम्बन्धित देशहरू दक्षिण चीन सागरको मुद्दामा पक्ष नभएको हुनाले तिनीहरुसँग चीन र फिलिपिन्स बीचको समुद्री समस्यामा भाग लिने अधिकार नभएको कुरामा ती प्रवक्ताले जोड दिए। प्रवक्ताले उनीहरूले दक्षिण चीन सागरमा द्वन्द उक्साउने गतिविधिहरू रोक्नुपर्ने र क्षेत्रीय स्थिरता बिगार्न नहुने भन्दै चीनले फिलिपिन्सले आफ्नो प्रतिवद्धतालाई पूरा गर्नुपर्ने र चीनसँगै मिलेर समुद्री परिस्थितिलाई राम्रोसँग व्यवस्थित गर्नुपर्ने बताउनुभयो।