सेप्टेम्बरमा चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेला पैचिङमा आयोजना हुने
2024-08-21 16:54:45CRI
Share with:

चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेला २०२४ आगामी सेप्टेम्बरको मध्य कालमा पैचिङमा आयोजना हुने भएको छ। सञ्चार-माध्यमको दर्ता प्रणाली यसै अगष्ट २१ तारिखदेखि २९ तारिखसम्म पत्रकारका लागि खोलिने छ। 

पत्रकारले चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेलाको वेभसाइटमा लगइन गर्न सक्छन् र “प्रदर्शनीमा सहभागिता-पत्रकारको दर्ता”को लिङ्कमा क्लिक गर्न सक्छन्। 

समाचार संकलनसम्बन्धी कागजात पठाउने समय र तरीका चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेलाको वेभसाइटको प्रेस केन्द्र खण्डमा सार्वजनिक गर्नेछ।