विश्वव्यापी अस्त्र व्यापार सुधारमा आफ्नो बुद्धिमत्ता दिन चीन इच्छुक
2024-08-21 16:09:17CRI
Share with:

चालु वर्ष “अस्त्र व्यापार सन्धि” सञ्चालनमा आएको दशौँ वार्षिकोत्सव हो। यस उपलक्ष्यमा सन्धिका संस्थापक मुलुकको दशौँ सम्मेलन हाल जेनेभामा भइरहेको छ। चिनियाँ प्रतिनिधि मण्डल पनि सो सम्मेलनमा सहभागी भएको छ। सन्धि सञ्चालनमा आएको दशौँ वार्षिकोत्सवलाई नयाँ शुरूवात बनाई विभिन्न पक्षहरूसित हातमा हात मिलाउँदै विश्वव्यापी अस्त्र व्यापार सञ्चालनको सुधारका लागि चिनियाँ बुद्धिमत्ता प्रदान गर्नुका साथै डामाडोल विश्वका लागि अझ बढी स्थिरता र निश्चितता प्रदान गर्न चीन इच्छुक छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले २० तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

 

चीन नै “अस्त्र व्यापार सन्धि”को समर्थक र कार्यान्वयनकर्ता हो भन्ने कुरामा प्रवक्ता माउ निङले जोड दिनुभयो। उहाँका अनुसार, “अस्त्र व्यापार सन्धि” संयुक्त राष्ट्र संघको प्रारूपमा रहेको पूरै विश्वको सामान्य अस्त्र व्यापारलाई व्यवस्थित पारिने एक मात्र कानुनी दस्तावेज भएकाले विश्व शान्ति र स्थिरताको संरक्षण गर्न र वैश्विक सुरक्षित सञ्चालनलाई प्रवर्द्धन गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।