चीन-भुटान सिमाना समस्यासम्बन्धी विशेषज्ञ टोलीको १४औँ बैठक
2024-08-22 19:35:37CRI
Share with:

सन् २०२४ अगष्ट २० तारिखदेखि २२ तारिखसम्म चीन-भुटान सिमा समस्यासम्बन्धी विशेषज्ञ टोलीको १४ औँ बैठक भुटानको थिम्पूमा आयोजना भएको छ। उक्त बैठक चीनको परराष्ट्र मन्त्रालयअन्तर्गत सिमा तथा समुद्र मामिला विभागका प्रमुख एवम् चीनको विशेषज्ञ टोलीका प्रमुख हुङ ल्याङ र भुटानको अन्तर्राष्ट्रिय सिमाना मामिला महासचिव एवम् भुटानको विशेषज्ञ टोलीका प्रमुख लैडो थाङबीद्वारा संयुक्त रुपमा अध्यक्षता गरिएको हो।

 

दुई पक्षले हालैका वर्षहरूमा चीन र भुटानको सिमा वार्ताले प्राप्त गरेको सकाकारात्मक प्रगतिको सिंहावलोकन गर्दै, “तीन चरण” रोडम्यापलाई कार्यान्वयन गर्नेआदि साझा अभिरुचिका विषयहरूबारे मैत्रीपूर्ण, सदिच्छापूर्ण र रचनात्मक वार्ता गरेका छन्।  

उक्त वार्ता मैत्रीपूर्ण वातावरणमा आयोजना गरिएको र यसबाट चीन र भुटानको मैत्रीपूर्ण सहयोगात्मक सम्बन्ध देखिएको छ।