अगष्ट २० तारिख “चीन-अफ्रिका भावना” शीर्षकको पाँचौँ चलचित्र र भिडियो श्रृंखलावद्ध प्रसारण गतिविधि काइरोमा औपचारिक रूपमा शुरू भएको छ। अङग्रेजी, फ्रान्सेली र अरबी लगायत जम्मा ७ भाषाका २० भन्दा बढी चिनियाँ उत्कृष्ट चलचित्र र भिडियो कार्यक्रमलाई १५ वटा अफ्रिकी मुलुकका २० भन्दा बढी मुख्य मिडिया संस्थाले लगातार रूपमा स्थानीय दर्शकसमक्ष प्रसारण गर्नेछन्।
यो श्रृङ्लावद्ध प्रसारण गतिविधि चाइना मिडिया ग्रुप र इजिप्ट, केन्या, तान्जानिया, इथियोपिया र बुरुण्डी लगायतका अफ्रिकी मुलुकका मिडिया संस्थाको संयोजकत्वमा आयोजना गरिएको हो। तीमध्ये फुलानी भाषा र आम्हारिक भाषा संस्करणका चिनियाँ चलचित्र र भिडियो कार्यक्रमलाई अफ्रिकी पर्दामा देखाइएको यो पहिलो पटक हो।
गतिविधि शुभारम्भ समारोहलाई इजिप्ट मन्त्री परिषदको सूचना र निर्णय समर्थन केन्द्रका जिम्मेवार व्यक्ति अहमेद आबुद हमिद र चाइना मिडिया ग्रुप अन्तर्गत चलचित्र र टेलिभिजन कार्यक्रम अनुवाद र छायाङ्कन केन्द्रका उपप्रमुख खान फिङले बेग्ला बेग्लै गरी सम्बोधन गर्नुभयो।