कमरेड तङ श्याउफिङको १२०औं जन्मजयन्ती
2024-08-22 19:22:21CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले अगष्ट २२ बिहान जन वृहत सभा भवनमा कमरेड तङ श्याउफिङको १२० औं जन्मजयन्ती समारोह आयोजना गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले उक्त समारोहलाई सम्बोधन गर्नुभएको छ।

सी चिनफिङले कमरेड तङ श्याउफिङ समग्र पार्टी, समग्र सेना, समग्र देश र विभिन्न जातिका जनताले मान्यता दिएको उत्कृष्ट नेता, महान मार्क्सवादी, महान सर्वहारा क्रान्तिकारी, राजनीतिज्ञ, सैन्य राजनीतिज्ञ, कुटनीतिज्ञ रहनु भएको स्पष्ट पार्नुभयो। तङ श्याउफिङ समय-सम्मानित साम्यवादी सिपाही, पार्टीको दोस्रो पुस्ताका केन्द्रीय नेता समूहका केन्द्र, चिनियाँ समाजवादी सुधार तथा खुलापन र आधुनिकीकरण निर्माणका प्रधान डिजाइनर रहनु भएको सी चिनफिङले उल्लेख गर्नुभयो। चिनियाँ विशेषतायुक्त समाजवाद मार्गका स्थापक, तङ श्याउफिङ सिद्धान्तका मुख्य स्थापक, विश्वको शान्ति र विकासका लागि योगदानकर्ता भनेर सी चिनफिङले तङको प्रशंसा गर्नुभयो। उहाले पार्टी, जनता, देश, जाति, विश्वका लागि ठूलो योगदान दिनुभएको कुरा पनि सी चिनफिङले बताउनुभयो।

सी चिनफिङले मातृभूमिको सम्पूर्ण एकीकरण माउ चतोङ, तङ श्याउफिङलगायतका पुरानो पुस्ताका क्रान्तिकारीहरूको आशा हो भन्दै अवरोध गर्न नसकिने ऐतिहासिक प्रवाह रहेको बताउनुभयो।