स्थानीय समय अगस्ट २१ तारिख, चिनियाँ प्रधानमन्त्री ली छ्याङले मस्को क्रेमलिन दरबारमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नुभएको छ। ली छ्याङले चीनले रुससँग दुई देशका राष्ट्रनायकहरूका महत्वपूर्ण सहमति कार्यान्वयन गर्ने, दुई पक्षीय राम्रो विकास सम्बन्ध कायम राख्ने, थप व्यवहारिक फलदायी नतिजाका लागि व्यापक पारस्परिक लाभकारी सहयोग निरन्तर साथ विस्तृत् पार्ने इच्छा व्यक्त गर्नुभयो।
प्रधानमन्त्री ली छ्याङ औँल्याउनुभयो, ‘विकासोन्मुख देशहरूसँग गरेको आपसी विश्वास सहयोगलाई अझ प्रगाढ बनाउन र विश्वको बहुध्रुवीय र आर्थिक विश्वव्यापीकरण बढाउनको लागि दुई पक्षले बहुपक्षीय समन्वय सुदृढ पार्नुपर्छ।
भेटमा रुसी राष्ट्रपति पुटिनले चीनसँग आपसी लाभकारी सहयोगलाई बढाउने, जनस्तरीय सांस्कृतिक आदानप्रदान मजबुत पार्ने, बहुपक्षीय संगठनहरूमा छलफल र सहयोग गहिरो बनाउने र रुस-चीन नयाँ युगमा विस्तृत् रणनीतिक सहकार्य साझेदारी सम्बन्धको विकासलाई निरन्तरता दिने इच्छा प्रकट गर्नुभयो।