युरोपेली संघद्वारा नयाँ ३ किसिमका व्यावसायिक सब्सिडी नीति कार्यान्वयन
2024-08-23 15:11:28CRI
Share with:

अगष्ट २० तारिख युरोपेली संघले चिनियाँ विद्युतीय मोटर गाडी लक्षित एन्टी सब्सिडी छानबीन मुद्दाका बारेमा अन्तिमा फैसला गर्दै चिनियाँ निर्यात व्यवसायमाथि १७ प्रतिशतदेखि ३६.३ प्रतिशतसम्मको एन्टी सब्सिडी लगाउन निर्णय गरेको छ। सो मुद्दा युरोपेली संघका अध्यक्ष युर्सुला भोन डेर लेयेनले सन् २०२३ को सेप्टेम्बर १३ तारिख प्रस्तुत गर्नुभएको थियो। त्यसको मुख्य उद्देश्य युरोपेली संघका विद्युतीय मोटर गाडी व्यवसायको सुधार र विकासका लागि वातावरणको सिर्जना गरिनु हो। युरोपेली संघले सन् २०२३ को अक्टोबर ४ तारिख विरलै देखिने सम्बद्ध नियम अनुसार स्वयम आफैँले मुद्दा उठाएको थियो।

अन्तर्राष्ट्रिय समाजले त्यस मुद्दामा उच्च महत्व दिएको छ। युरोपेली संघका धेरै सदस्य मुलुक, मोटर-गाडी व्यावसायिक संगठन, विविध व्यवसाय, थिङ्कट्याङ्क र विद्वानहरूले के ठहर गरेका छन् भने त्यस एन्टी सब्सिडी वास्तवमा युरोपेली संघले “निष्पक्ष व्यापार”को नाममा संरक्षणवाद अपनाएको हो। युरोपेली संघको विद्युतीय मोटर-गाडीको व्यावसायिक विकासलाई प्रबर्द्धन गर्नका लागि प्रतिस्पर्धा तर्साउन हुँदैन।