चीनको विकासले विश्व अर्थतन्त्रमा अझे धेरै जीवन्त शक्ति थप्ने
2024-08-23 19:11:56CRI
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले अगष्ट २३ तारिख नियमित पत्रकार सम्मेलनको आयोजना गर्नुभएको छ। उहाँले धेरै वर्षदेखि चीनको आर्थिक बृद्धि गति मुख्य आर्थिक समूहमध्येको अग्रस्थानमा रहेको बताउँदै चीन १४० वटा मुलुक तथा क्षेत्रका मुख्य व्यापारिक साझेदार बनेको उल्लेख गर्नुभयो। चालु वर्ष चीनको अर्थतन्त्र निरन्तर रुपमा स्थिरताका साथ अगाडि बढेको विकास प्रवृत्ति कायम भएको पनि उहाँले व्यक्त गर्नुभएको छ।

माउ निङकाअनुसार, चीनमा ठूलो परिमाणको बजार, पूर्ण औद्योगिक प्रणाली र राम्रो व्यापारिक वातावरण छ। चीनले आफ्नो अर्थतन्त्रको निरन्तर बृद्धिमार्फत विश्व अर्थतन्त्रमा अझै धेरै जीवन्त शक्ति थप्ने छ। चीनले विभिन्न पक्षसँग मिलेर शान्तिपूर्ण विकास, पारस्परिक हित र सहयोग, साझा समृद्धिको विश्वव्यापी आधुनिकीकरणलाई अगाडि बढाउने आशा लिएको छ।