खेल जोड संस्कृतिबाट विश्वका खेल-प्रयोगकर्ता उत्साहित
2024-08-23 15:13:17CRI
Share with:

 

चीनको ब्ल्याक मिथ: उखोङ नामक थ्री ए खेलले नयाँ किम्बदन्तीको सिर्जना गरिरहेको देखिन्छ। चीनको किम्बदन्ती पृष्ठभूमि रहेको यस खेल सञ्चालनमा आएको १ घण्टापछि मात्र स्टिम खेल सूचीको पहिलो स्थानमा पुगेको छ। विश्वका खेल-प्रयोगकर्ताहरूले त्यसको विस्तृत रूपमा प्रशंसा गरेका छन्।

चाइना मिडिया ग्रुपको सीजीटीएनले विश्वभर चालेको एक सर्वेक्षण अनुसार, यस खेलले चिनियाँ खेल व्यवसायको सशक्त शक्तिलाई देखाउनुका साथै चिनियाँ परम्परागत संस्कृतिका सम्बन्धमा जनताको गहिरो रूचिलाई उठाएको छ।

उक्त सर्वेक्षणलाई सीजीटीएनको अङ्ग्रेजी, स्पेनिस, फ्रान्सेली, अरबी र रूसी प्लेटफर्ममा सार्वजनिक गरिएको २४ घण्टाभित्र जम्मा ८३६८ जना नेटिजनले मतदान गर्दै आफ्नो विचार प्रकट गरेका छन्।