सी चिनफिङ र बेलायतका प्रधानमन्त्री स्टारमरबीच टेलिफोन वार्ता
2024-08-23 18:32:18CRI
Share with:

अगष्ट २३ तारिख अपरान्ह चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बेलायतका प्रधानमन्त्री केइर स्टारमरसँग टेलिफोन वार्ता गर्नुभएको छ। 

सी चिनफिङले स्टारमरलाई बेलायतका प्रधानमन्त्री पदमा निर्वाचित हुनु भएकामा बधाई दिनुभयो। सीले चीनले नयाँ गुणस्तरीय उत्पादन शक्तिको विकास गर्न गति प्रदान गर्ने, नयाँ ढाँचाको औद्योगिकीकरणलाई अगाडि बढाउने र यसले बेलायतलगायतको विश्वका विभिन्न मुलुकका लागि नयाँ मौका उपलब्ध गराउने बताउनुभयो। चीनले बेलायतसँग पारस्परिक सम्मानका आधारमा समान वार्ता गर्ने, पारस्परिक विश्वासलाई घनिष्ठ पार्ने र हरित अर्थतन्त्रआदि क्षेत्रहरूको सहयोगलाई विस्तार गर्दै जनताबीचको आदान-प्रदानलाई सबल पार्ने कुरामा सीले जोड दिनुभयो।

स्टारमरले चिनियाँ खेलकुद प्रतिनिधि मण्डललाई पेरिस ‌ओलम्पिक खेलकुदमा उत्कृष्ट उपलब्धि हासिल गरेकामा बधाई दिनुभयो। उहाँले बेलायतले चीनसँग अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याहरूमा सम्पर्कलाई कायम राख्ने र विश्वको सुरक्षा तथा स्थिरताको संरक्षण गर्नका लागि योगदान दिने बताउनुभयो। बेलायतले एक चीनको नीति पालना गर्ने अडानमा कुनै पनि परिवर्तन नभएको कुरा पनि उहाँले पुनःपुष्टि गर्नुभयो।