प्यालेष्टाइनबाट आएका केटा जुहारका चम्किला आँखा छन्। उनका आँखामा चीनप्रति माया देख्न पाइन्छ। उनी र चीनबीचको कथा के हो?
“मेरा बुबा व्यापार गर्न धेरै पटक चीन जानुभयो। सानो उमेरदेखि नै उहाँले मलाई चीनसम्बन्धी कथाहरू भन्नुभयो।”
२६ वर्षीय जुहार प्यालेष्टाइनबाट चीन आएको दुई वर्ष भयो। चीनसितको कथाबारे चर्चा गर्दै उनले सानो उमेरमा बुबाले खिचेका फोटोहरू निकाले। उनी भन्छन् “ती फोटोहरू क्वाङ चौ, पैचिङ, शांगहाईमा खिचिएका हुन्। फोटोहरूमा सुन्दर शहरले मेरो मनमा गहिरो छाप पारेका छन्। दश वर्षअघि मैले बुबासँग क्वाङ चौमा दुई साता बिताएँ। त्यस बेला मैले अध्ययन गर्न चीन रोज्ने निर्णय गरें।”
जुहार पैचिङ भाषा विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धको मास्टर डिग्रीको अध्ययन गर्दैछन्। चीन आएको प्रारम्भिक अवधिमा उनले केही कठिनाइको सामना गर्नुपर्यो। जुहारकाअनुसार, चिनियाँ हजुरबुबाले उनलाई धेरै मद्दत दिनुभयो। उनको मनमा छोएको थियो। उनी भन्छन् “पैचिङ भाषा विश्वविद्यालय पुगेको पहिलो साता विद्यालय फर्कँदा म हराएँ। त्यस अवधिमा मैले बाटोमा घुमघाम गरेका एकजना हजुरबुबासँग बाटो सोधेँ। यो हजुरबुबाले तीस मिनेट बिताएर मसँग विद्यालय जानुभयो। मलाई खुशी लाग्यो। उहाँले मसँग कुन ठाउँ रमाइलो छ र कुन ठाउँमा मिठो खानेकुरा छ भन्नेबारे बताउनुभयो। मेरो विचारमा चिनियाँहरू निकै उत्साही छन्। मेरो मन छोएको छ।”
चिनियाँ भाषा सिकेको एक वर्षमा जुहारले चिनियाँ सँस्कृतिको गहिरो रुपमा अनुभव गरेका छन्। खास गरी विश्वविद्यालयले आयोजना गरेको विश्व सँस्कृति महोत्सवबाट उनले सभ्यताको आदान-प्रदानको अर्थबारे राम्रोसँग जानकारी लिएका छन्। उनी भन्छन् “पैचिङ भाषा विश्वविद्यालयमा विश्वको विभिन्न मुलुकबाट आएका विद्यार्थीहरू छन्। सबैजना सँगसँगै सिक्ने र बस्ने गर्दछन्। चालू वर्ष म विद्यालयले आयोजना गरेको विश्व सँस्कृति महोत्वमा सहभागी भएँ। यो महोत्सवमा मैले प्यालेष्टाइनको परम्परागत पोशाक लगाएर हाम्रो देशको सँस्कृति र परम्परागत रीतिरिवाज देखाएँ। हाम्रो देशको कफी र खाना निकै लोकप्रिय छ। मैले पनि रुस, इरान, साउदी अरबियाको प्रदर्शन देखेँ। हरेक मुलुकका विद्यार्थीहरूले आफ्नो देशको सँस्कृति देखाएका छन्।”