चीनको परराष्ट्र मन्त्रालयले अगष्ट २४ तारिख जनाएअनुसार, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवम् केन्द्रीय वैदेशिक मामिला आयोगका निर्देशक वाङ यीको निमन्त्रणामा अमेरिकी राष्ट्रिय सुरक्षा मामिलासम्बन्धी अमेरिकी राष्ट्रपतिका सहायक जेक सुलिभानले अगष्ट २७ तारिखदेखि २९ तारिखसम्म चीनको भ्रमण गर्नुहुने छ। सो अवसरमा दुई पक्षले नयाँ चरणमा चीन-अमेरिका रणनीति वार्ताको आयोजना गर्ने छन्। अगष्ट २५ तारिख चीनको परराष्ट्र मन्त्रालयअन्तर्गत उत्तर अमेरिका र ओशियानिक विभागका जिम्मेवार व्यक्तिले सम्बन्धित विषयहरूबारे उक्त जानकारी दिएका हुन्।
राष्ट्रिय सुरक्षा मामिलासम्बन्धी अमेरिकी राष्ट्रपतिका सहायकले आठ वर्षपछि चीनको भ्रमण गरेको यो पहिलो पटक हो। सहायक सुलिभानको पनि यो पहिलो चीन भ्रमण हो।
वाङ यीले सुलिभानसँग चीन र अमेरिकाको सम्बन्ध, संवेदशील समस्या, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयहरुबारे वैचारिक आदान-प्रदान गर्नुहुने छ। चीनले थाइवान मामिला, विकास अधिकार, चीनको रणनीतिक सुरक्षाआदि विषयहरूबारे गम्भीर अडानबारे ब्याख्या गर्नुका साथै गम्भीरताका साथ आग्रह गर्ने छ।