यस चरणको प्यालेष्टाइन-इजरेल द्वन्द्व भएदेखि इजरेल र हमासले अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा धेरै चरणको वार्ता सञ्चालन गरेका छन्। गत जुलाईमा हमासले सुरक्षा परिषद्को प्रस्तावमा आधारित युद्धविराम सम्झौतामा सहमति जनाएको थियो, तर त्यसपछि इजरेलले केही नयाँ शर्त प्रस्ताव गरेको थियो। नयाँ चरणको गाजा युद्धविराम वार्ता १५ तारिख कतारको राजधानी दोहामा भएको थियो भने १६ तारिख स्थगित भएको थियो र २४ तारिख इजिप्टको राजधानी कायरोमा पुनः सुरु भएको थियो। हालसम्म युद्धविराम सम्झौताको सम्भावना ज्यादै कम छ।
धेरै इजरेली मिडियाले सार्वजनिक गरे अनुसार, गाजा पट्टी र इजिप्टको सीमा क्षेत्रमा पर्ने १४ किलोमिटर साँघुरो पट्टी अर्थात "फिलाडेल्फिया करिडोर" को नियन्त्रणको मुद्दा वर्तमान युद्धविराम वार्ताको मूल हो, अमेरिकाले इजरेललाई "फिलाडेल्फिया कोरिडोर" मा "कुनै न कुनै रूप"मा सेना तैनाथ गर्न र जारी राख्न सिफारिस गर्दछ, तर यो हमासलाई अस्वीकार्य छ।