५३औँ प्रशान्त टापु मञ्चको नेता बैठक टोँगाको राजधानीमा सम्पन्न
2024-08-26 14:54:49cri
Share with:

अगष्ट २६ तारिखबाट ५३औँ प्रशान्त टापु मञ्चको नेता बैठक टोङ्गाको राजधानी नुकुआलोफामा रम्भ भएको छ। बैठक २६ देखि ३० तारिखसम्म चल्ने छ।

 

यस बैठकको "नीलो प्रशान्त २०५० रणनीति" का बहु-क्षेत्रीय सहयोगलाई समेटेर साझा सरोकारका विषयमा सदस्य मुलुकबीच समन्वय गरी नीति समीक्षा र कार्यान्वयनलाई प्रवर्द्धन गर्ने उद्देश्य रहेको छ।

 

प्रशान्त टापु मञ्चको नेता बैठक सामान्यतया वार्षिक रूपमा योजना गरिन्छ र क्षेत्रीय समस्यामा सामूहिक प्रतिक्रिया तयार गरी प्रशान्त क्षेत्रमा दिगो शान्ति, सुरक्षा, सामाजिक समावेशीकरण र समृद्धिको परिकल्पना हासिल गरेर प्रशान्त टापु देशका जनतालाई स्वतन्त्रता, सुस्वास्थ्य तथा समृद्ध जीवन बिताउन सुनिश्चित गर्दछ