अमेरिकाद्वारा धेरै चिनियाँ कम्पनीहरूमाथि निर्यात नियन्त्रण
2024-08-26 18:46:57cri
Share with:

चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ताले रूसको संलग्नताको कारणले अमेरिकाले निर्यात नियन्त्रण गर्न धेरै चिनियाँ संस्थाहरूलाई "इकाइ सूची"मा थपेको कुराबारे पत्रकारको प्रश्नको जवाफ दिनुभएको छ। उहाँले यसप्रति चीनको कडा विरोध गरेको कुरा पनि व्यक्त गर्नुभयो।

 

चिनियाँ प्रवक्ताले उक्त अमेरिकी गतिविधि एकपक्षीय प्रतिबन्ध र "लामो हात नियन्त्रण" भएको भन्दै अन्तर्राष्ट्रिय व्यापार व्यवस्था र नियमलाई कमजोर बनाएको उल्लेख गर्नुभयो। अमेरिकाको यस्तो कार्यले सामान्य अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापार आदान-प्रदानमा बाधा पुर्‍याएको र विश्वव्यापी औद्योगिक आपूर्ति शृङ्खलाको सुरक्षा तथा स्थिरतालाई असर गरेको स्पष्ट पार्नुभयो। चीनले अमेरिकालाई आफ्ना गलत अभ्यास तुरुन्त बन्द गर्न र चिनियाँ कम्पनीहरूको वैध अधिकार तथा हितको दृढतापूर्वक संरक्षणका लागि आवश्यक कदम चाल्न आग्रह गरेको पनि उहाँले बताउनुभयो।