चीनको समुद्री प्रहरी विभागका प्रवक्ता कान युले अगस्ट २५ तारिख फिलिपिन्सले चीनको बारम्बार आह्वान र चेतावनीलाई बेवास्ता गरी चीनको नान्शा टापुको सियान बिन चट्टान नजिकै समुद्री क्षेत्र उल्लङ्घन गरी उत्तेजित बनाउन जहाज नम्बर ३००२ पठाउनुका साथै उक्त क्षेत्रमा अवैधरूपमा प्रवेश गरेको बताउनुभयो। चिनियाँ समुद्री प्रहरीले फिलिपिन्सका जहाजलाई अनुगमन गरी भगाएको छ। चीनको यो व्यवहार व्यावसायिक, मानवीकृत, उचित र कानुनी रहेको पनि उहाँले बताउनुभयो।
हालै फिलिपिन्सले चीनको क्षेत्रीय सार्वभौमसत्तामा गम्भीररूपमा उल्लङ्घन गर्दैआएको र “दक्षिण चीन सागरमा विभिन्न पक्षहरूको आचरणसम्बन्धी घोषणा”को गम्भीररूपमा उल्लङ्घन गरेको छ। यसले क्षेत्रीय शान्ति र स्थिरतालाई गम्भीररूपमा भङ्ग गरेको मानिन्छ। चीनको सियान बिन चट्टान लगायतका नान्शा टापुहरू र यसको छेउछाउको जलक्षेत्रमा चीनको निर्विवाद सार्वभौमसत्ता छ। चीनको समुद्री प्रहरीले राष्ट्रिय सार्वभौमसत्ता र सामुद्रिक अधिकार तथा हितको रक्षा गर्न कानुन बमोजिम चीनको अधिकार क्षेत्र अन्तर्गतको जल अधिकार संरक्षण र कानुन प्रवर्तन गतिविधिहरू गरिरहने छ।