अफ्रिकासँगै गरिबी निवारण प्रक्रियालाई प्रबर्द्धन गर्दै जान चीन इच्छुक
2024-08-26 18:52:00cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले अगष्ट २६ तारिख बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा गरिबी निवारण नै मानव जातिको साझा कार्यभार हुनुका साथै अफ्रिकी जनताको साझा अभिलाषा रहेको कुरामा जोड दिनुभएको छ।

 

प्रवक्ता लिन च्यानका अनुसार, १० वटा सहयोगात्मक योजनादेखि नौ किसिमका परियोजनासम्म गरिबी निवारण सधैँ नै चीन-अफ्रिका सहकार्यको एक महत्वपूर्ण भाग रहँदै आएको छ। बितेका धेरै वर्षदेखि दुवै देशले साँचो र सदिच्छा विचारधारा र ठीक मूल्य-दृष्टिकोण लिँदै चीन-अफ्रिका सहकार्य मञ्चको प्रारूपमा गरिबी निवारण सम्बन्धी आदानप्रदान र सहकार्य चलाएर उल्लेखनीय उपलब्धि प्राप्त गरेका छन्। आगामी दिनमा अफ्रिकासँगै मिलेर निरन्तर रूपमा गरिबी निवारण प्रक्रियालाई अघि बढाउँदै जान चीन इच्छुक रहेको कुरा पनि प्रवक्ता लिन च्यानले स्पष्ट पार्नु भएको छ।