इक्वेट्रोल्यर गिनीकी युवती नातीको चीन बसाइको कथा-२
2024-08-26 09:41:25cri
Share with:

 

व्यावसायिक ज्ञान सिक्नुका साथै नातले क्याम्पस बाहिर पनि जान र चीनको विविधता र समृद्धिलाई बुझ्न हरेक अवसर समात्न प्रयास गरिन्। सन् २०२१ को ग्रीष्मलीन छुट्टीमा, नातले तुर्कमेनिस्तान, नाइजेरिया, अफगानिस्तान र युक्रेनका केही साथीहरूसँग मिलेर चङ्नान विश्वविद्यालयले समन्वय गरेको हु नान प्रान्तको योङ चौ सहरमा रहेको च्याङ ह्वा याउ स्वायत्त काउन्टीको भ्रमण गरिन्। उनीहरूले कृषि विकास, ई-वाणिज्य, संस्कृति तथा पर्यटन र स्थानीय परम्परा जस्ता विभिन्न पक्षहरूमा अनुसन्धान गरेर ग्रामीण पुनउत्थानको अध्ययन गरे, जसले उनलाई वास्तविक चीनलाई गहिरो रूपमा बुझ्न मद्दत पुर्यायो। सन् २०२३ मा, छाङ शामा आयोजित तेस्रो चीन-अफ्रिका व्यापार मेला अवधिमा नातीले अन्तर्राष्ट्रिय विद्यार्थी स्वयंसेवकको रूपमा सेवाहरू प्रदान गरिन्।

 

चीन - अफ्रिका व्यापार मेलामा स्वयंसेवक हुनु एक अविस्मरणीय र लाभदायक अनुभव हो। मेलाको अवधिमा, मैले विभिन्न देशका साथीहरूसँग कुराकानी गर्ने मौका पाएँ र मैले थप अफ्रिका र चीनको सहकार्य बारेमा जान्न पाएँ। मेरो मुख्य कार्य आगन्तुकहरूको स्वागत र मार्गदर्शन गर्नु, र आगन्तुकहरूका प्रश्नहरूको उत्तर दिनु थियो। मेरो लागि, मैले मूल्यवान मित्रवत् हार्दिकता र अनुभव प्राप्त गरेँ, भविष्यमा यस्ता गतिविधिहरूमा सहभागी हुने थप मौका पाउन सक्ने, र अन्तर्राष्ट्रिय आदान-प्रदान तथा सहकार्यलाई अघि बढाउन निरन्तर प्रयास गर्न सक्ने मैले आशा गरेकी छु।

 

पहाड, नदी र टापुले सजिएको सुन्दर छाङ शा सहरमा चार वर्ष बिताएपछि, नात यस सहरलाई माया गर्न थालेकी छिन्। यहाँका सुन्दर दृश्यहरू, स्वादिष्ट परिकारहरू, समृद्ध इतिहास तथा संस्कृति र आधुनिक जीवन शैलीका रमाइला कुराहरूको बयान शब्दमा गर्न गाह्रो छ।

मलाई चिनियाँ संस्कृतिको विशेष आकर्षण महसुस भएको छ, मलाई लाग्छ कि म विशेष गरी छाङ शालाई मन पराउँछु किनभने यहाँको दृश्य धेरै सुन्दर छ र यहाँ धेरै मठो खानेकुरा छन्।

 

यस वर्ष चीन र इक्वेट्रोल्यर गिनीले कूटनीतिक सम्बन्ध स्थापना गरेको ५४ औ वार्षिकोत्सव मनाउँदै छन्। इक्वेट्रोल्यर गिनीका राष्ट्रपति ओबियाङले भन्नुभएको , "व्यापारिक सहयोग होस् वा प्राविधिक जनशक्ति प्रशिक्षण, चीनले थुप्रै क्षेत्रमा इक्वेट्रोल्यर गिनीको विकासलाई अघि बढाएको छ।" ओबियाङको यस भनाइप्रति नातलाई गहिरो अनुभूति हुन्छ किनकि उनी आफै दुई देशको सहयोगबाट लाभान्वित भएकी हुन् र साक्षी पनि हुन्।