पोआउ एशिया मञ्च सन् २०२५ वार्षिक सम्मेलन आउँदो वर्षको मार्च २५ देखि २८ तारिखसम्म आयोजना गरिने
2024-08-27 16:35:38CRI
Share with:
अगष्ट २६ तारिख अर्थात् पोआउ एशिया मञ्च अन्तर्गत बैँकक गोलमेच सम्मेलन अवधिमा मञ्चका महाप्रबन्धक बान की मुनले पोआउ एशिया मञ्च सन् २०२५ वार्षिक सम्मेलन आउँदो वर्षको मार्च २५ देखि २८ तारिखसम्म चीनको हाइनान प्रान्तको पोआउमा आयोजना गरिने घोषणा गर्नुभएको छ।
बान की मुनका अनुसार, पोआउ एशिया मञ्च सन् २०२५ वार्षिक सम्मेलनले एशिया विकासप्रति नजर पुर्याउनुका साथै वैश्विक महत्वपूर्ण समस्याहरूको ख्याल विचार गर्नेछ।
पोआउ एशिया मञ्च सन् २०२५ वार्षिक सम्मेलनले साझा विकासलाई सबल पार्न र साझा भविष्यको सिर्जना गर्न अन्तर्राष्ट्रिय समाजलाई प्रबर्द्धन गर्न खोजेको कुरा पनि बान की मुनले औँल्याउनुभएको छ।