वाङ यी र अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा मामिला सहायकबीच भेटघाट
2024-08-27 18:22:15CRI
Share with:

अगष्ट २७ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवम् केन्द्रीय वैदेशिक मामिला परिषद् कार्यालयका प्रमुख वाङ यीले पैचिङमा अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा मामिला सहायक ज्याक सालिभानसँग भेटघाट गर्नुभएको छ। अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा मामिला सहायकले ८ वर्षपछि पुन: चीनको भ्रमण गर्नुभएको हो। साथै सालिभानले आफ्नो कार्यकालमा चीनको भ्रमण गर्नुभएको यो पहिलो पटक पनि हो।