७० वर्षअघि ४,३६० किलोमिटर लामो स छ्वान–तिब्बत र छिङहाइ–तिब्बत राजमार्गले इतिहास र भविष्य पार गरेर एकै समयमा ल्हासासम्म सञ्चालित भएका थिए। १ लाख १० हजार तिब्बती र हान जातीय निर्माणकर्ताले समुद्री सतहबाट सरदर ४ हजार मिटरको उचाइमा रहेको “संसारको छाना”मा विश्व राजमार्ग निर्माणको इतिहासको अमर चमत्कारको सिर्जना गरेका हुन्।
तिब्बत प्राचीन कालदेखि चीनको अविच्छिन्न विभाग हो। इतिहासमा तिब्बत र चीनका अरू विभागबीचको आर्थिक, राजनीतिक र सांस्कृतिक आदानप्रदानमा यातायात जहिले पनि महत्त्वपूर्ण पूर्व-आवश्यकता हो।
“तिब्बत स्वायत्त प्रदेशको इतिहासअन्तर्गत राजमार्गलगायत यातायात रेकर्ड” खोलेर यसरी लेखिएको छ।
थाङ राजवंशमा राजकुमारी वनछङ र राजकुमारी चिनछङ तिब्बतमा विवाह गरेका थिए। जसले प्राचीन तिब्बतसम्म मार्गको निर्माण गर्न आवश्यक पूर्वशर्त तयार गरेको थियो।
युआन राजवंशमा तत्कालीन केन्द्रीय सरकारले प्रशासन विभागको स्थापना गरेर औपचारिक रूपमा तिब्बतलाई केन्द्रीय प्रशासनिक क्षेत्राधिकारअन्तर्गत ल्याएको छ। तिब्बतमा प्रवेश गर्ने तीन मुख्य मार्ग ल्हासा र मुख्य भूमिको आदानप्रदान जोडेको थिए।
छिङ राजवंशमा तिब्बतमा तैनाथ अधिकारीले खाङतिङबाट च्याङच हुँदा यातुङसम्म मार्गको निर्माण गर्ने योजना बनाएका थिए। त्यसपछि उनले ल्हासाबाट छङतुसम्म मार्गको योजना पनि प्रस्तुत गरेका थिए। उक्त योजनामा मार्गको चौडाइ दुईवटा गोरू गाडा चल्नसक्ने ठोस विषय उल्लेख गरिएको थियो।
सन् १९३५ नवौँ पञ्चेन लामाले तिब्बतको यातायातको निर्माण प्रस्तुत गरेका थिए। तत्कालीन कोमिङताङ सरकारले “तिब्बतको निर्माणसम्बन्धी प्रारम्भिक योजना” बनाएको थियो। उक्त योजनाले तिब्बतको निर्माण गर्न सर्वप्रथम यातायात र शिक्षाको विकास गर्नुपर्ने विचार प्रकट गरेको थियो।
यद्यपि प्राचीनकाल धेरैजनाले मार्गको निमाण प्रस्तुत गरे तापनि विविध सीमित कारणले भित्री भूमि र तिब्बत जोड्ने सडक अझै पनि जादुई र कठिन प्राचीन चिया घोडा मार्ग थियो। अस्तव्यस्त सडकले तिब्बत र भित्री भूमिको सम्पर्कलाई कठिन बनाउनुका साथै तिब्बतको विकासलाई पनि सीमित गरेको थियो। शान्तिपूर्ण मुक्तिअघि दीर्घकालमा तिब्बतको अर्थतन्त्र स्थिर, सबै उद्योग गम्जोर, र मानिसको जीवनस्तर ज्यादै गम्भीर रहेको थियो।
जन गणतन्त्र चीनको स्थापनापछि देशको एकता, जातीय एकता र दक्षिण-पश्चिमी भागको निर्माण गर्नका लागि केन्द्रीय सरकारले तिब्बतको मुक्त गर्ने आदेश गरेको छ।
नयाँ चीनको स्थापनापछि, विशेष गरी तिब्बतको मुक्तपछि तिब्बतको यातायातमा कुनै परिवर्तन छ कि? यी परिवर्तन कसरी व्यवहारमा उतारिएको थियो? समय अभावका कारणले आगामी साताको यसै कार्यक्रममा म निरन्तर रूपमा जानकारी दिनेछु।