हाल अमेरिकी मिडियाले "चीनको उत्पादन लगानीको वृद्धिले अत्यधिक क्षमताको समस्या वृद्धि" शीर्षकको टिप्पणी प्रकाशित गरेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले अगस्ट २६ तारिखको नियमित पत्रकार सम्मेलनमा बोल्दै संरक्षणवादले "एउटै पक्षले एक्लै जित्छ" भन्ने भ्रम पैदा गर्दैन तर सहकारी साझा विजयका अवसरहरू गुमाउने मात्र कुरा औंल्याउनुभयो।
चिनियाँ उत्पादनले आफ्नो पूर्ण उत्पादन उद्योग श्रृंखलाको साथ विश्वव्यापी उत्पादन र आपूर्ति श्रृंखलाको स्थिरता सुनिश्चित गरेको छ। चीन विश्व अर्थतन्त्रको स्थिर विकासमा मान्यता प्राप्त र महत्त्वपूर्ण भूमिका खेलेको कुरा पनि लिनले व्यक्त गर्नुभयो।
भविष्यमा चीनले खुलापन र सहयोगको बाटोमा विश्वका लागि उच्चस्तरीय खुलापनलाई थप विस्तार गर्ने कुरामा पनि उहाँले जोड दिनुभयो।